काठमाडौं, असार ७
कोरोना भाइरसको दोस्रो लहरमा नै विभिन्न समस्याहरु देखिएको छ । यसबीचमा ब्ल्याक फंगस, ह्वाइट फंगस र एल्लो फंगसका बिरामीहरु भेटिए । कोरोना जितेका व्यक्तिहरुमा अहिले ग्रीन फंगस पनि देखिएको बताइएको छ । भारतको मध्यप्रदेश इंदौरमा ३४ वर्षका कोरोना जितेका युलामा ग्रिन फंगसको संक्रमण भएको पुष्टि भएको छ ।
अरबिंदो इन्स्टिच्यूट अफ मेडिकल साइंसेजका छाती रोग विभाग प्रमुख डा. रवि डोसीले कोभिड ठिक भएका बिरामीमा ब्लाक फंगस (म्यूकोरमाइकोसिस) संक्रमणको खतरा रहेको पाइएको थियो तर अब ग्रिन फंगस (एस्परगिलोसिस) को पनि समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार साइनस, फोक्सो र रगतमा ग्रिन फंगस भएको पाइयो । ग्रीन फंगस र अरु फंगसका बिरामी उस्तै हुन् या फरक भन्ने विषयमा भने अनुसन्धान हुनपर्ने उहाँको भनाइ छ ।
ती युवा २ महिना अगाडि एक अस्पतालमा भर्ना भएको र उनलाई एक महिनासम्म आइसियुमा राखी उपचार गरिएको थियो । बिरामी ठिक भएपछि उसको नाकबाट रगत बग्नुका साथै कडा ज्वरोको लक्षण देखिएको थियो । ती बिरामीको तौल पनि घटेको छ । एस्परगिलोसिस घरभित्र र बाहिर पाइने एक प्रकारको फंगस हो । पिटिआईलाई डा. डोसीका अनुसार नाकबाट रगत बग्नु, ज्वरो आउनु, तौल घट्नु ग्रिन फंगसको लक्षण हुन् ।
प्रतिक्रिया दिनुहोस्