काठमाडौं, असार ८
नेकपा एमालेका युवा नेता खिमलाल भट्टराईले माधवले एकता भांडेको तथ्य खोल्नुभएको छ । युवा नेता भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ २ मा फर्किने बताएइसक्नुभएको भन्दै अब अध्यक्षलाई दोष दिन नमिल्ने बताउनुभएको हो । युवा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् पार्टी एकताका लागि माधवकुमार नेपालले चासो नदेखाएको आरोपसमेत लगाउनुभयो ।
उहाँले माधव नेपालले मिलेको कुरामा पनि समस्या बढाउनका लागि शर्तहरु थपिरहेको पनि आरोप लगाउनुभयो । सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ,‘केन्द्रीय सदस्य माधव कमरेडमा एकताको चाहना देखिए । जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन।’ उहाँले भ्याकेटलगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिने र एकता प्रस्तावमा हस्ताक्षरसँगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवाञ्छित भएको उल्लेख गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्