काठमाडौं, असार ८
ललितपुर महानगरपालिकामा भोलीदेखि गते ७७ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । उपलव्ध खोप परिमाणका आधारमा ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा दिन लागेको महानगरले जनाएको छ ।
महानगरलाई २५०० मात्रा कोभिशिल्ड उपलव्ध भएको छ । जसमध्ये ७७ वर्षमाथिका २२ सय बाँकी मात्रा जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकलाई छुट्याएको छ । खोप लगाउन पहिलो मात्रा लगाएको कार्ड र उमेरखुल्ने परिचयपत्र अनिवार्य देखाउन पर्दछ ।














प्रतिक्रिया दिनुहोस्