जनता टाइम्स

१० असार २०७८, बिहीबार ०९:२०

युट्युवमा भाइरल सुब्बाको हत्या आरोपमा एकजना पक्राउ


काठमाडौं, १० असार ।  दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले दक्षिणकाली क्षेत्रबाट एक पुरुषलाई पक्राउ गरेको हो ।

पशुपन्छीको आवाज नक्कल गर्ने क्षमता भएकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासँग बस्दै आउनु भएको थियो । काभ्रेका धर्मबहादुर तामाङले चाबहिलमा उहाँलाई करिब ९ वर्षको भेट्नु भएको थियो । त्यसपछि सन्तोषीलाई उहाँले धर्मछोरी बनाएर संरक्षण दिँदै आउनु भएको थियो । पहिले टेम्पो र फुटपाथमा पसल चलाउनु भएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि लैजाने गर्नु भएको थियो ।

सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उहाँको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । तर, पक्राउ परेका आरोपितले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् । पक्राउ परेका आरोपीलाई केहीबेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महाशाखाले जनाएको छ ।