काठमाडौं, असार १० । एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतका न्यायाधीशसँग कठोर प्रश्न राख्नुभएको छ । नेता थापाले आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान भन्दै प्रश्न गर्नुभएको हो ।
‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीको चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ, चुनाव गराउन शाान्ति सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?’ आज बिहान ट्वीट गर्दै नेता थापाले भन्नुभएको छ ।
सर्वोच्च अदालतले मंगलबार चुनाव गराउन लागेको काम चलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न निमल्ने भन्दै २० मन्त्री पदमुक्त हुने आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्