काठमाडौं, असार १० । तात्कालिन युरवार दीपेन्द्र बिरबिक्रम शाहको बिवाहका लागि चार जनाको नाम चर्चामा आयो । दिपेन्द्र आफै र दरबारले समेत राजकुमारीहरु रोजेको थियो । कुनै दीपेन्द्रले मन पराएका त कुनै रानी ऐश्वर्या र मुमा बडामहारानी रत्नले मनपराउनु भएको थियो । विधाताले यस्तो अवस्था बनायो कि राजकुमारी बन्ने सम्भावना बोकेकाहरुको दीपेन्द्रसँग कहिल्यै विवाह नजुर्ने गरी च्याप्टर क्लोज भयो । दरवार हत्याकाण्डको कारण पनि त्यही दिपेन्द्रको बिवाह बन्न पुग्यो । दिपेन्द्रको राजकुमारी बन्ने सपना धेरै युवतीहरुले देखेका थिए । तर, दरबार हत्याकाण्डसँगै ती सपना चकनाचुर भयो । को हुन त ती चार महिला ? जो दिपेन्द्रसँग बिवाहको चर्चा चलेर पनि बिवाह हुन सकेन ः
देवयानी राणा
दीपेन्द्रले युवराज्ञी बनाउन चाहेको तर उहाँकी आमा ऐश्वर्याले दरबारमा दुलही बनाएर भित्र्याउन नचाहेको राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देवयानी राणा हुनुहुन्छ । देवयानी चन्द्र शमशेरपट्टिकी सन्तान हुनुहुन्छ । रानी ऐश्वर्या जुद्ध शमशेरकी खलकको हुनुहुन्छ । यी दुई खलकको श्रेणी र टकरावका कारण पनि कुरा मिल्न नसकेको बताइएको छ ।
देवयानीसँग दीपेन्द्रको दरबार हत्याकाण्डको केही समय अघिसम्म पनि टेलिफोन सम्पर्कमा रहेको थियो । दरवार हत्याकाण्डपछि देवयानीले भारतीय नागरिकसँग विवाह गर्नुभयो । ऐश्वर्य सिंहसँग उहाँको विवाह भएको १४ वर्ष बितिसकेको छ । ऐश्वर्य तत्कालिन भारतीय मानव संशाधनमन्त्री अर्जुन सिंहका नाति हुनुहुन्छ । यी दुईको विवाहमा तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी समेत पुग्नुभएको थियो ।
डा. करण सिंह देखि भुटानका पूर्व राजा जिग्मे सिंगे वाङचुक पनि पुग्नुभएको थियो । तर, निम्तो गरिएको तत्कालिन राजा ज्ञानेन्द्र शाह विवाहमा सहभागी हुनुभएन । विवाहको समयमा देवयानी ३६ वर्ष हुनुहुन्थ्यो । ऐश्वर्य भने उहाँभन्दा चार वर्षले कान्छा हुनुहुन्छ ।
सुप्रिया शाह
तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह गराउन तत्कालिन मुमा महारानी रत्नले चाहनुभएको अर्की महिला हुनुहुन्छ सुप्रिया शाह । उहाँका पिता प्रदीपविक्रम शाह पूर्व सैनिक अधिकृत हुनुहुनछ । बुवा मुमाबडामहारानी रत्नका अंगरक्षक भएकाले सुप्रिया दरबारसँग परिचित नै हुनुहुन्थ्यो। त्यसमाथि तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी पनि हुनुहुन्थ्यो सुप्रिया । उहाँको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । बुढानिलकण्डमा कक्षा ७ मा पढ्दा नै दीपेन्द्रले सुप्रियालाई चाहनुभएको बिभिन्न समाचार त्यसबेलै आएको थियो । सुप्रियालाई प्रेमपत्र पनि लेखेको विषय मैंले देखेको दरबारमा तात्कालिन जर्नेल विवेककुमार शाहले उल्लेख गर्नभएको छ । सुप्रियालाई प्रेमपत्र लेखेको बिषयमा रानी ऐश्वर्याले दिपेन्द्रलाई गाली गर्नुभएको प्रसंग पनि दरवारभित्र चर्चित नै बनेको त्यसबेलाका सैनिक अधिकारीहरुको भनाई छ ।
दीपेन्द्र सुप्रिया नाताले दाजुबहिनी पर्थे । तर, ठकुरी परिवारमा विवाह गर्न छेकबार नपर्ने सम्बन्ध थियो त्यो । दीपेन्द्र र सुप्रियाका हजुरआमाहरु नाताले दिदीबहिनी थिए । रत्न पनि आफ्ना अंगरक्षक समेत रहेका प्रदीपविक्रमकी छोरी सुप्रियासँग दिपेन्द्रको विवाह होस भन्ने चाहनुहुन्थ्यो । दीपेन्द्र पनि किशोरावस्थासम्म सुप्रियालाई रानी बनाउन चाहन्थे । तर, रानी ऐश्वर्या उहाँलाई बुहारी बनाउन चाहनु भएन । विवेककुमार शाहको पुस्तकमा उल्लेख भएअनुसार यसको मुख्य कारण नजिकको नातामा विवाह गर्दा सम्बन्ध राम्रो हुँदैन भन्ने र बच्चा पनि राम्रो जन्मँदैन भन्ने थियो ।
दरबार हत्याकाण्डले सुप्रियाको रानी बन्ने सम्भावना समाप्त पारिदियो । दरबार हत्या काण्डको दुई दशक पुग्न लाग्दा भने सुप्रियाले विनयविक्रम राणासँग विवाह गर्नुभयो । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित सुप्रियासँग बिनयको विवाह भयो ।
गरिमा राणा
दीपेन्द्रका लागि रानी ऐश्वर्याले रुचाएकी युवतीमा गरिमा राणा पनि हुनुहुन्थ्यो । गरिमा एसएलसी टपर हुनुहुन्छ । केशर शमशेरका सन्तति लोकभक्त राणाकी छोरी गरिमालाई श्रुतीले पनि रुचाउनु भएको थियो । श्रुतीकी नन्द गरिमाप्रति दीपेन्द्रको भने आकर्षण देखिएको थिएन । विवेककुमार शाहले पुस्तकमा लेखे अनुसार श्रुतीले दीपेन्द्रको २९ औं जन्मदिनमा गरिमासँग विवाह गर्नुपर्छ भन्दा झाप ड हानेका थिए दिपेन्द्रले । त्यतिबेला श्रुती गर्भवती हुनुहुन्थ्यो । दिपेन्द्रसँग बिवाह नजुरेपछि गरिमाले पारस सिंहसँग विवाह गर्नुभयो । उहाँहरु बेलायतमा बस्दै आउनुभएको छ । गरिमाकी छोरी गौरिका सिंह स्टार पौडीवाज हुन् । गौरिकाले नेपालका खेल क्षेत्रमा कीर्तिमान नै राखेकी छिन् ।
जापानी युवती
इटन कलेजमा पढ्दा दीपेन्द्रको जापानी युवतीसँग पनि प्रेमसम्बन्ध बसेको थियो । ती युवती दीपेन्द्रलाई भेट्न नेपालसम्म आएकी थिइन् । नेपाल आएकी ती जापानी युवतीसँग दीपेन्द्रलाई समस्या नै परेको थियो । उनी दीपेन्द्रसँग विवाह गर्न चाहन्थिन् । एडीसी गजेन्द्र बोहराले युवतीलाई एयरपोर्ट पुर्याएका थिए । ती युवतीले दीपेन्द्रलाई गाली गलौज गर्दै ‘पागल भन्दै कुकुरको मृत्यु मर्नु’ भनेकी तात्कालिन युवराज दिपेन्द्र निकटले बताउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्