जनता टाइम्स

१३ असार २०७८, आईतवार २०:४०

एमाले नेता बेदुराम भुसालले पार्टी परित्याग गरे



काठमाडौं, असार १३ ।  नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले पार्टी परित्यागको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गराउनुभएको हो ।

पछिल्लो समय नेपाल समूहमा रहेको नेता भुसालले सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि आफु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने बताउनुभएको छ । उहाँले राष्ट्रियसभाको आगामी बाँकी कार्यकाल पनि स्वतन्त्र रुपमा विताउने बताउनुभएको छ ।

पत्रमा नेता भुसालले सभामा आफुलाई स्वतन्त्र हैसियत प्रदान गर्न पनि आग्रह गर्नुभएको छ । साथै उहाँले आफुले पाउने पारिश्रमिक बाट कुनै पनि रकम लेबी वा अन्य कुनै पनि रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन आग्रह गर्नुभएको छ । राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल लगायतका सांसद तत्काली नेकपाको टिकटबाट जितेका थिए ।