जनता टाइम्स

१४ असार २०७८, सोमबार ०७:१६

रेष्टुरेन्टमा बम बिस्फोट, ७ जनाको मृत्यु


काठमाडौं, असार १४ । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ। घटनामा ५० जना घाइते भएका छन्।

बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताइएको छ। बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन्। बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।