काठमाडौं, असार १५ । एमालेका पूर्वबरिष्ठ नेता माधवकुमार नेपालले तात्कालिन महासचिव मदनकुमार भण्डारीको पनि अपमान गर्नुभएको पाइएको छ । तात्कालिन समयमा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा आलीलाई जसरी नै मदन भण्डारीको पनि अपमान र अबमुल्यन गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले जननेता मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको तथ्य मदन जन्मजयन्तीकै दिन खोल्नुभएको छ । प्रधानमन्त्री ओलीका अनुसार माधवले २०६३ सालमा ‘हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ’ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको बताउनुभयो ।
त्यसो त माधवले मदन भण्डारीलाई बोल्न नदिन नाम काटेको बिषयसमेत तात्कालिन समयका नेताहरु स्मरण गर्ने गरेका छन । समकालिन नेताका अनुसार माधवल आफूबाहेक अरु कुनै पनि नेतालाई कार्यकर्ताले मन पराएको रिसाउने गरेको बताउँछन ।













प्रतिक्रिया दिनुहोस्