काठमाडौं, असार १५ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भएको छ । सर्वोच्च अदालतले आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल समुहले माग राखेको सन्दर्भमा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागेको हो ।
बुधवार बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सम्भवतः बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्नेछ । स्रोतका अनुसार केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुनेछन ।
महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउन आज साँझ स्थायी कमिटी बैठक बोलाइएको छ । महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपालसहित यसअघि निष्काशनमा परेका नेताहरुलाई बोलाइने छैन । आयोजक कमिटी भंग भएपछि बस्ने केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल बरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमालेले जनाएको छ । त्यस्तै अन्य पदाधिकारीहरुको पनि यथावत जिम्मेवारी हुनेछ ।
यसअघि अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक कमिटी गठन भएको थियो । बार्तामा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारी अनुसार माधव पक्षधर दोस्रो तहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको र २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए सोही पदीय हैसियत रहने छ । ती नेताका अनुसार केन्द्रीय कमिटी व्युँतिएसँगै नेपालसहित ११ जनामाथिको कारवाही पनि स्वतः निष्क्रिय हुनेछ ।
एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ । २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नुपूर्व ४१ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो । केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरू र जनवर्गीय संगठनहरुको हकमा पनि आमरुपमा पहिलेकै कमिटीहरू क्रियाशील गराउन सकिनेबारे स्थायी कमिटीमा छलफल भइरहेको छ ।
२०७५ जेठ ३ अघिको एमाले
पदाधिकारी
अध्यक्षः केपी शर्मा ओली
बरिष्ठ नेताः झलनाथ खनाल
बरिष्ठ नेताः माधवकुमार नेपाल
उपाध्यक्षः वामदेव गौतम
उपाध्यक्षः भीम रावल
उपाध्यक्षः युवराज ज्ञवाली
उपाध्यक्षः अष्टलक्ष्मी शाक्य
महासचिवः ईश्वर पोखरेल
उपमहासचिवः बिष्णु पौडेल
उपमहासचिवः घनश्याम भुसाल
सचिवः प्रदीप ज्ञवाली
सचिवः पृथ्वीसुब्बा गुरुङ
सचिव भीम आचार्य
सचिव : गोकर्ण विष्ट
सचिव : योगेश भट्टराई
स्थायी कमिटी सदस्य
सुवास नेम्वाङ
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छबिलाल विश्वकर्मा
किरण गुरुङ
जेठ २ पछि थपिएका
रघुवीर महासेठ
बिष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
माओवादीबाट समाहित भएका
रामवहादुर थापा बादल
टोपबहादुर रायमाझी
लेखराज भट्ट
मणि थापा
पदेन सदस्य
केशव बडाल
अमृत बोहोरा
डा.पुष्प कडेल













प्रतिक्रिया दिनुहोस्