जनता टाइम्स

१६ असार २०७८, बुधबार १८:१४

परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएनि जनताले सुख पाएनन् : पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं, असार १६

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताउनुभएको छ । ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, आज एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ,‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

उहाँले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्था देखा परेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।