काठमाडौं, असार १८ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा उपाध्यक्ष गौतम बैठकमा सहभागी हुनुभएको छ भने माधव नेपाल समुहले बहिष्कार गरेको छ ।
हीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन संवाद गरी बैठकमा आउन आग्ह गर्नुभएको थियो । टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रह नेपालले अस्विकार गर्नुभएको छ ।
माधव नेपाल समूहले बिहीबार नै आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो । नेता नेपाल देउवा प्रचण्डलाई धोका नदिने भन्दै सर्वाेच्चको फैसलाअघि एमाले बैठकमा नआउने अडानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्