काठमाडौं, असार १८ । एमाले नेता प्रदीप नेपालले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको मिलन गराउने सूत्र फेला पार्नुभएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका बरिष्ठ साहित्यकार तथा एमाले नेता नेपालले ओली र माधवले आलोचनालाई सुन्न सिके मात्रै एमालेको सुदृढ एकता हुने र दुवै नेतादेखि देशको भलो हुने आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।
यतिबेला अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालको ग्राफ निकै तल झरेको छ है, ग्राफमा । दुवैले आलोचना सुन्न सिक्नोस

अध्यक्ष ओली र नेपालबारे छाटो टिप्पणी गर्दै नेता नेपालले आलोचना सुन्न सिक्नुस भन्नुभएको छ । ‘यतिबेला अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालको ग्राफ निकै तल झरेको छ है, ग्राफमा । दुवैले आलोचना सुन्न सिक्नोस,’ नेता नेपालले भन्नुभएको छ । नवौं महाधिवेशनमा अध्यक्ष ओलीको समुहबाट उपाध्यक्षका उम्मेद्वार बन्नुभएका नेपाल पछिल्लो समय माधव समुहमा हुनुहुन्छ । नेता नेपालको यो सार्वजनिक अभिब्यक्तिले माधव नेपालमा आलोचना सुन्न सक्ने क्षमता सकिएको तथ्यलाई उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्