जनता टाइम्स

२० असार २०७८, आईतवार ०६:३९

तराईका भूभागसहित बागमती-गण्डकी-लुम्बिनीका अधिकांश स्थानमा बर्षा : बाढी पहिरोको संभावना भन्दै गराइयो सचेत


काठमाडौं, असार २०। मौसम पूर्वानुमान महाशाखाले पाँच ओटा प्रदेशमा बर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ भने हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भईरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

महाशाखाका अनुसार देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भूभागमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

महाशाखाले चेतावनीसहितको सुझाव दिँदै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।