जनता टाइम्स

२१ असार २०७८, सोमबार १६:३०

माधव समुहलाई कोमल वलीले दिइन बाँदरको संज्ञा, यस्तो छ कविता


काठमाडौं, असार २१ । राष्ट्रियसभा सदस्य कोमल वलीले माधव नेपाल समुहले पार्टीभित्र गरिरहेको अराजक कामलाई लिएर कडा प्रहारसहित कविता बाचन गर्नुभएको छ ।

एमाले नेतृसमेत रहनुभएकी सांसद वलीले आजको राष्ट्रियसभा बैठकमा माधव समुहलाई बाँदरको संज्ञा दिँदै कविता बाचन गर्नुभएको हो । राष्ट्रियसभाको विशेष समयमा लिखित सम्बोधन गर्नुभएकी वलीले बाँदरको घर हुँदैन भन्दै एमालेभित्रको बिवादबारे कविता प्रस्तुत गर्नुभयो ।

उहाँले नेपालका नेताहरूलाई प्रजातन्त्र अपच भएको हो भन्दै प्रश्न गर्दै भन्नुभयो, ‘के नेपालका नेताहरूलाई प्रजातन्त्र अपच भएकै हो ? जनताको नासो जनतालाई बुझाउने अप्रजातन्त्रिक हुने, तर सिंहदरबार लुटेर खाने प्रजातान्त्रिक हो ?’

यस्तो छ कविता

बाँदरको जमात र अमृतापनको सपना


बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

कहिले मिलेका छन, कहिले फुटेका छन ।।
ईर्या भट्टीमा आफैंलाई भुटेका छन ।।

आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशाको मेलामा जुटेका छन ।।

अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे ।।

आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।

बाँदरहरू खेती गदैनन, बाली विनास गर्छन ।।
कहिले ढेडुहरूसँग मिल्छन, कहिले गोइलानहरुसँग मिल्छन ।।

कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपना देख्छन ।।

बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।