जनता टाइम्स

२१ असार २०७८, सोमबार १६:२६

ओलम्पिक खेल्न प्रशिक्षक कार्कीसँगै एलेक्स जापान प्रस्थान, गौरिका सिंह बेलायतबाटै जापान आउने


काठमाडौं, असार २१

टोकियो ओलम्पिकमा सहभागिता जनाउन पौडीवाच एलेक्जेन्डर शाह (एलेक्स) जापान प्रस्थान गरेका छन् । ओलम्पिकका लागि एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्नुभएको हो । गौरिका सिंह भने बेलायतबाटै जापान आउने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । टोकियो ओलम्पिकमा पौडीबाट एलेक्स र गौरिकाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा विशेष तयारी गर्नेछन् । ओलम्पिक कमिटिले यसअघि नै टोकुशिमा प्रान्तसँग सम्झौता गरिसकेको छ । ।नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मलित हुनेछन् । टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।