काठमाडौं, असार २४ । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बार्ता सकारात्मक बनेको कार्यदलका नेताहरुले बताएका छन । बुधवार मेरियट होटलमा भएको नेताद्वयबीचको बार्ता कार्यदलको भावना अनुसार नै सकारात्मक बनको नेताहरुको भनाई छ । वार्ता सकारात्मक भएकाले अर्को बैठकमा सहमति गर्नेगरी आजको बुधवारको बार्ता सम्पन्न भएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।
नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ भएको करिब डेढ घण्टा लामो वार्तामा सो सहमति बनेको हो । बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच विषय केन्द्रित एक्लाएक्लै वार्ता भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एक्लाएक्लै वार्ता सकारात्मक भएको आफूहरुलाई जानकारी प्राप्त भएकाले अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको उहाँले बताउनुभयो ।

वार्तापछि दुवै नेताले केही प्रतिक्रिया दिनुभएको छैन । सहमतिमा विट मार्न बाँकी रहेकाले दुवैजना प्रतिक्रिया दिन तयार नहुनुभएको बुझाई नेताहरुको छ । एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित भएको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो । बैठक साँझ ८ बजेदेखि ९ः३० बजेसम्म चलेको थियो । एमाले महासचिव इश्वर पोखरेलले अध्यक्ष र बरिष्ठ नेताबीच बार्ता हुनु नै सकारात्मक रहेको भन्दै अव थप बिषय कार्यदलले टुंगो लगाउने जानकारी दिनुभयो । नेताद्वयबीचको बार्ता र कार्यदलमा भएको सहमतिअनुसार आज पुनः बैठक बसी ठोश खाका बनाउने नेताहरुले बताएका छन । बुधवारको कार्यदलमा अधिकांश बिषयमा सहमति जुटिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्