जनता टाइम्स

२४ असार २०७८, बिहीबार १३:१७

सहमतिको खाकासहित एमाले कार्यदल बैठक सुरु, यस्तो छ अन्तिम गृहकार्य


काठमाडौं, असार २४ । नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बुधवार साँझ भएको बार्तापछि सहमतिलाई ठाश रुप दिन आज पनि कार्यदलको बैठक बसेको हो ।

बैठक शुरू हुनुअघि एमाले उपाध्यक्ष भीम रावल नेता नेपाल भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो । आजको सहमति निर्माणका लागि हुने निर्णायक वार्तामा आफ्नो पक्षबाट प्रस्तुत गर्ने रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेट गर्नुभएको हो । नेता नेपाल भेटेर रावल सिंहदरवार फर्केलगत्तै कार्यदलको बैठक अघि बढेको हो ।

बुधवारको कार्यदल बैठकमा अधिकांश बिषयमा सहमति भइसकेको भन्दै नेताहरुले विवाद समाधानउन्मुख भएको र आजसम्ममा सहमति हुने जानकारी दिनुभएको थियो । कार्यदलकै पहलमा बुधवार ओली–नेपालबीच भेटबार्ता भएको र राति अबेरसम्म दुवै पक्षका दोस्रो तहका नेताहरूसहित छलफलमा बस्नुभएको थियो ।