जनता टाइम्स

२६ असार २०७८, शनिबार १९:४१

महेश बस्नेतको गर्जन : विपक्षी गठबन्धको सेटिङलाई ध्वस्त बनाउँछौं


भक्तपुर, असार २६

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निलवाराही मन्दिर परिसरमा गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले गरेको लोकप्रीय कार्यक्रमबाट विपक्षी गठबन्धन तर्सिएर सरकार तथा पार्टी विरुद्धमा अनेकन षड्यन्त्रहरु गरिरहेको आरोप लगाउनुभयो ।

संघका इन्चार्ज समेत रहनुभएको नेता बस्नेतले एमाले, सरकार तथा राष्ट्रको विरुद्धमा भएको विपक्षी गठबन्धनले स्वतन्त्र न्यायापालिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सरकार, पार्टी तथा मुलुकविरुद्धका कुनै पनि गतिविधिहरुलाई निस्तेज पार्न युवा संघ जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिनुभयो । एमालेको जनमुखी कदमले आफ्नो राजनीतिक भविष्य जनताले अन्धकार बनाउने बुझेपछि अनेक षड्यन्त्रका तुनावुना बुन्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतका दलहरु लागिपरेको भन्दै आक्रोस जनाउनुभयो ।

केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलार्य गाउँ गाउँमा पुर्याउनु भएको छ । जसले गर्दा विपक्षी गठबन्धन आत्तिएको छ, तर्सिएको छ । केपी ओली तथा एमाले यही गतिमा अगाडी बढे ४०औं वर्ष एमालेले मुलुकको नेतृत्व गर्ने विश्लेषण सहित एमाले र केपी ओली नेतृत्वको सरकारको विरुद्धमा विपक्षी गठबन्धनले षड्यन्त्र, जालसाँजी, झुटा प्रचार, स्वतन्त्र न्यायालयमा समेत सेटिङलगायत गर्ने गरेका छन् । एमालेलाई लडाउन संयुक्त गठबन्धन बनाउनुभएको छ, हिम्मत भए एक्ला एक्लै भिड्न आउनुस्, हामी तयार छौं । सिङ्गल सिङ्गल भिड्ने हिम्मत नभएपछि तपाईहरु गठबन्धन बनाएर अगाडी बढ्नुभएको छ । जस्तोसुकै गठबन्धन बनेपनि तपाईहरुसँग भिड्न हामी तयार छौं । तपाईहरुको कही कतै सटिङ छन् भने त्यो सेटिङको धोतीलाई हामी चकनाचुर पार्नेछौं । सरकारलाई सफल बनाउनेछौं । सेटिङले केपी ओलीलाई कसैले हल्लाउन सक्ने छैन

उहाँले थप्नुभयो, ‘मनमोहन अधिकारीले २०५१ सालमा वृद्धभक्ता बापत रु एक सय रुपैंयाबाट शुरु गर्नुभएको कार्यक्रमलाई केपी ओलीले चार हजार पुर्याउनुभएको, युवा नीति, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, युवा स्वरोजगार कोष, विदेशबाट फर्किएकालाई सहुलियतदरमा ऋण, सुरुङ युगको शुरुवात, पानीजहाज, रेलमार्ग युगको शुरुवातलगायतका असंख्य जनमूखी कार्यहरु भइरहेकाले विपक्षी दलका नेताहरुको राजनीतिक अस्थित्व समाप्तीको बाटोमा लागेकाले एमाले तथा सरकारको विरोध गरिरहेका छन् ।’

सरकारको कामबाट जनता खुसी रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताको साथ साथै इतिहासदेखी नै पछाडी परेको भक्तपुरमा एमालेको नेतृत्वसँगै विकासले नयाँ लहर ल्याएको बताउनुभयो । एमालेका जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षमा नै निर्वाचनको समयमा घोषणापत्रमा उल्लखे गरेको प्रतिवद्धताहरु सम्पूर्ण पुरा भइसकेको उल्लेख गर्दै अबका दिनमा जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने दृढता व्यक्त गर्नुभयो ।