जनता टाइम्स

२८ असार २०७८, सोमबार ०७:२७

सूर्य थापाको कुराले दुख्यो माधव नेपालको चित्त


काठमाडौं, असार २८ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले कार्यदलको सहमतिलगत्तै दिनुभएको अभिब्यक्तिप्रति बरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउनु भएको छ । एमाले बिवाद समाधान कार्यदलले १० बुँदे सहमति गरेलगत्तै थापाले दिनुभएको अभिब्यक्तिलाई लिएर बरिष्ठ नेता नेपालले सामाजिक सञ्जालमै प्रतिवाद गर्नुभएको हो ।

‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ बरिष्ठ नेता नेपालले आज बिहानै फेसबुकमा लेख्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कार्यदलको सहमतिलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई दिइएको २३ एमाले सांसदको हस्ताक्षर फिर्ता भएको बताउनु भएको थियो । ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३=१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना : मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !!’ थापाले १० बुँदे सहमति शेयर गर्दै भन्नुभएको थियो ।

थापाको कुरा
शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ = १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश
न पुनःस्थापना !
मच्चियो मच्चियो
जेठो नराम्ररी थच्चियो !!

माधवको जवाफ

हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८