जनता टाइम्स

२८ असार २०७८, सोमबार १३:५५

सर्वाेच्चको फैसलाप्रति कमल थापाको टिप्पणी : सर्वोच्च अदालतमा गोरू व्यायो


काठमाडौं, असार २८ । राप्रपा अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतले आपत्तिजनक फैसला गरेको टिप्पणी गर्नुभएको छ । मुलुकमा अस्थिरता निम्त्याउनका लागि सर्वाेच्चले राजनीतिक फैसला गरेको थापाको टिप्पणी छ ।

‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं–‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ अदालतको फैसलाप्रति थापाले भन्नुभएको छ ।

सर्वाेच्च अदालतले आज प्रतिनिधिसभा बिघटनलाई बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमनत्री नियुक्त गर्न परमादेश जारी गरी जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त र अदालतबाट टिके प्रधानमन्त्री नियुक्तिको प्रचलन सुरु गरेपछि थापाले यस्तो टिप्पणी गर्नुभएको हो ।