जनता टाइम्स

२८ असार २०७८, सोमबार १४:३०

सर्वाेच्चले निर्दलीय शासन व्यवस्थाको बिजारोपण गर्यो, कार्यान्वयन गर्न असम्भव छ : महेश बस्नेत


काठमाडौं, असार २८ । नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा निर्दलीय व्यवस्थाको बिजारोपण गरेको बताउनु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्वन्द्वमा फसेको बताउनु भयो । ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध बिरोध जनाऊ,’ अदालतको आदेशविरुद्ध प्रदर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन ।

बस्नेतले थप ब्याख्या गर्दै लेख्नुभएको छ, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ । यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।’