काठमाडौं, असार २८
नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अदालतको अराजकता संसदीय शासन व्यवस्थामा निर्दलीयता स्वकार्य कसरी होला र भन्दै प्रश्न गर्नुभएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि चौधरीले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । अदालतको यो फैसलासंगै एमालेका विभिन्न नेताहरुले आ–आफ्नै भनाई व्यक्त गरिरहनुभएको छ ।
कतिपयले अदालतको फैसला योग्य भएको भनेपनि कतिले यो फैसला नमान्ने बताउनुभएको छ । धेरैले संसद पुनःस्थापना गर्न सर्वोच्चले आदेश दिए पनि प्रधानमन्त्री तोक्नु गलत भएको नेताहरुले बताएका छन् । यस्तै सांसद चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नुभएको छ,‘अदालतको अराजक्ता ! संसदिय सासन ब्यबस्थामा निर्दलियता स्वकार्य कसरि होलार !’













प्रतिक्रिया दिनुहोस्