जनता टाइम्स

२८ असार २०७८, सोमबार १८:२९

कोरोना विरुद्धको थप खोप सहयोग गर्ने चीनको प्रतिवद्धता


कामठाडौं, असार २८

चीनले नेपाललाई कोरोना विरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज बिहान पत्रकार सम्मेलन गर्दै नेपाललाई थप खोप सहयोग गर्ने बताउनुभएको हो । चीनले हालसम्म नेपाललाई १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्य अन्तर्गत पठाएको उहाँले सुनाउनुभयो ।

उहाँले नेपालको खोप अभियानमा सहयोग अन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो चरणको खोप नेपाल आइसकेको समेत बताउनुभयो ।

यान्छीका अनुसार चीनले हाल १० वटा कोभिड १९ विरुद्धको खोप उत्पादन गरेको छ। जसमध्ये दुई वटा खोपलाई मात्र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ। नेपालमा भने हालसम्म सिनोफार्मको भेरोसेल खोप ल्याएको छ। राजदूत होउले नेपाल तर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभई प्राविधिक भएको जानकारी दिइन्।