जनता टाइम्स

२९ असार २०७८, मंगलवार १०:५१

प्रधानमन्त्री नियुक्त नहुँदै कांग्रेसमा मन्त्रीको लफडा, पौडेल पक्षले बोलायो गुट भेला


काठमाडौं, असार २९ । सर्वाेच्चको परमादेशबाट सत्तामा पुग्नुभएका शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त नहुँदै लफडा सुरु भएको छ । देउवाले एकलौटी गर्न खोजेको भन्दै सरकारमा सहभागिताको विषयमा छलफल गर्न संस्थापनइत्तर समूहका नेताहरुको बैठक बोलाइएको हो ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बस्ने बैठकमा मन्त्रिपरिषदमा आफूहरुको सहभागीताबारे छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरुलाई बोलाइएको छ ।

सभापति देउवाले सरकारको नेतृत्व गर्दा आफ्नो समूहबाट उपप्रधानमन्त्रीसहित सम्मानजनक सहभागिता हुनुपर्ने पौडेल पक्षका नेताहरुको तर्क छ ।