जनता टाइम्स

२९ असार २०७८, मंगलवार १४:५७

प्रधानमन्त्री ओलीले औल्याए अदालतप्रतिको विश्वास नै टुट्ने जोखिम



काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालातले आफ्नो जिम्मेवारी बाहिर भएको काममा हस्ताक्षेप गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उहाँले भान्नुभयो, ‘ खेल खेल्ने जिम्मेवारी खेलाडीको हो । रेफ्रीले खेल खेल्न थाल्यो भने जोखिम हुन सक्छ ।’ उहाँले एक हप्ता अघि नै अदालतको निर्णय सार्वजनिक हुनुले अदालतप्रतिको विश्वास नै टुट्ने जोखिम भएको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले अदालतको फैसला अनुचित भएपनि आफूहरुले मानेर जाने बताउनु भयो ।