काठमाडौं, असार ३०
नेपालमा आज २ हजार ९०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार ८ हजार १०८ पीसीआर र ४९१६ जनाको एन्टीजेन गरि १३ हजार २४ जनाको परीक्षणमा २९०५ जनालाई संक्रमण पुष्टि भएको हो ।
देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४८ रहेको छ । जसमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
आज काठमाडौं उपत्यकामा ४२५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

त्यस्तै अबबाट कोभिड प्रेस ब्रिफिङ हप्तामा एक दिनमात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हप्तामा २ दिन नियमित गर्दै आएको प्रेस ब्रिफिङ अब एक दिन मात्रै हुने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अब हप्तामा बुधबार मात्रै कोभिड अपडेट लिएर आउने जानकारी दिनुभयो । यसअघि प्रत्येक दिन हुने ब्रिफिङको समयलाई घटाएर हप्तामा आइतबार र बुधबार हुँदै आएको थियो ।













प्रतिक्रिया दिनुहोस्