काठमाडौं, असार ३०
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास पुग्नुभएको छ । नेकपा एमालेका वरिष्ठ नेतासमेत रहनुभएका नेपाललाई आफ्नो सरकारमा सो समुहको सहभागिताका लागि छलफल गर्न प्रधानमन्त्री देउवा उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो ।
अहिले सिंहदरबारबाट नेता नेपाल भेट्न नवनियुक्त प्रधानमन्त्री देउवा कोटेश्वर पुग्नुभएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि निवासमा पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्