जनता टाइम्स

३१ असार २०७८, बिहीबार १७:०२

१२७६८ जनाको परीक्षणमा २६७६ जनालाई संक्रमण, १७५७ निको


काठमाडौं, असार ३१

नेपालमा आज २ हजार ६७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पीसीआर र एन्टीजेन गरि १२ हजार ७६८ जनाको कोरोना परीक्षण भएको थियो । जसमा पीसीआर ८२५६ र ४५१२ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १७५७ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ। देशभर हालसम्म ७ लाख १२ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमित निको र ९ हजार ४६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा ५५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।