जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १२:०३

विदेशीका खेताला हुन ओली विरोधी मोर्चा, यी हुन तथ्य–प्रमाण


ओलीका विरुद्ध एजेन्डासहित संघर्ष गर्नु पर्दछ । तर, एजेन्डा पश्चिमा र क्रिश्चियनहरुको बोकेर देशमा हजारौं हजारको हत्या, लाखौं अंगभंग र घरवारविहीन बनाएका जनअपराधीहरुले २०४८ सालदेखिनै देशका राष्ट्रिय उद्योगधन्दा बिक्री गर्दै र राष्ट्रघात गर्दै आइरहेका छन् । कुनै समय टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुरदेखि ५० लाखे टाउको भएका प्रचण्ड–बाबुरामको गठबन्धन ओलीका अगाडि किन यति निरिह छ र ?

अर्जुन ज्ञवाली

सधैं नक्कली कुरा गरेर र झूठ बोलेर जनतालाई दिग्भ्रमित बनाउँदै आइरहेका विपक्षी गठबन्धनका नेताहरु हामीलाई सबै उस्तै हुन् भनेर नभनिदिनुस् ओलीभन्दा हामी फरक हौं भन्दै हारगुहार गरिरहेका छन् । पार्टी र गुटका झोला बोक्ने कार्यकर्ताहरुबाहेक साधारण जनतालाई विपक्षी गठबन्धनप्रति कुनै पनि आकर्षण छैन । यो त कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्यालले मलाई चोर नभनिदिनुस् भने जस्तै हो । ओलीका विरुद्ध एजेन्डासहित संघर्ष गर्नु पर्दछ । तर, एजेन्डा पश्चिमा र क्रिश्चियनहरुको बोकेर देशमा हजारौं हजारको हत्या, लाखौं अंगभंग र घरवारविहीन बनाएका जनअपराधीहरुले २०४८ सालदेखिनै देशका राष्ट्रिय उद्योगधन्दा बिक्री गर्दै र राष्ट्रघात गर्दै आइरहेका छन् । कुनै समय टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुरदेखि ५० लाखे टाउको भएका प्रचण्ड–बाबुरामको गठबन्धन ओलीका अगाडि किन यति निरिह छ र ?

शेरबहादुर देउवा
पञ्चायतमा प्रवेश गर्न थालेपछि कृष्णप्रसाद भट्टराईले बेलायत पढ्न पठाइदिएका देउवा २०४६ सालपछि नेपाल आए । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या हुँदा गिरिजाको सरकारमा उनी गृहमन्त्री थिए । मदन हत्यामा गृहमन्त्रीको नसो कहीं न कहीं जोडिएको कुरा लुकेकेका कुरा होइन । ततपश्चात् सीआइए मिसनअन्तर्गत नेपालका लागि तत्कालिन अमेरिकी रादजूत जुलिया चाङ ब्लकले आरजु राणालाई विवाह गराइदिए । यो विवाह रोक्न कृष्णप्रसाद भट्टराईले खोजेका थिए तर उनी असफल भए । संसदीय व्यवस्था बदनाम गर्न पजेरो, प्राडो भित्र्याउनेदेखि हरेक राष्ट्रघातको अगुवाई देउवाबाट हुँदै आइरहेको छ । वि.सं. २०५३ सालमा गरिएको राष्ट्रघाती महाकाली सन्धिदेखि पछिल्लो चरणमा एमसीसीसम्म राष्ट्रघात गर्न अग्रसर देउवा राजनीतिक रुपमा बदनाम र चरित्र नभएका देशद्रोही पात्र हुन् । उनलाई कुनै समय प्रजातन्त्र दरबारमा बुझाएको आरोप पनि छ ।

बाबुराम भट्टराई
नेपाल मानवअधिकार संगठनका अध्यक्ष सिआए एजेन्ट स्व। ऋषिकेश शाहले रअ र सिआइएसँग सम्बन्ध बनाइदिएका बाबुरामलाई रअको एजेन्ट नै भएको आरोप उनका सहकर्मीहरुले लगाउने गरेका छन् । पछिल्लो अन्तर्वार्तामा सीपी गजुरेलले भारतमा मोहन वैद्यसहित आफूहरुलाई रअको डिजाइनमा प्रचण्ड र बाबुरामले गिरफ्तार गराएको कुरा व्यक्त गरेका छन् । क्रिश्चियन मिसनअनुसार माओवादको व्यानरमा नेपालका मठ मन्दिर भत्काउन र धर्म गुरुहरुको हत्या गर्न परिचालित बाबुराम गण्डक इञ्चार्ज हुँदा उनको निर्देशनमा छुवाछुतविरुद्ध अभियान चलाएपछि वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको हत्या गरिएको थियो । यसैगरी संस्कृत पढाउने गुरु मुक्तिनाथ अधिकारीलाई उनकै विश्वासपात्र देवेन्द्र पौडेलले पढाइरहेको समयमा कक्षाबाट थुतेर लगी निर्ममतापूर्वक हत्या गरेका थिए । अहिले इसाई मिसनअनुसार दलित, मधेशी ब्यानरमा देशमा जातीय र साम्प्रदायिक हिंसा मच्चाउन उद्दत रहेका छन् ।

मोहन विक्रम सिंह
प्यूठानका शामन्त खिमविक्रम सिंहका छोरा मोहन विक्रम सिंह घर्ती कम्युनिष्ट व्यानरमा रअ र भारतको काम गरेको कुरा बीपी कोइरालाले राजा, राष्ट्रियता र राजनीति पुस्तकमा व्यक्त गरेका छन् । कम्युनिष्ट व्यानरमा सीआइएले स्थापना गरेको रिमका संस्थापक सदस्य पनि हुन् । २०४८ सालमा कम्युनिष्टको बहुमत आउने भएपछि रअको सल्लाहमा चुनाव बहिष्कार गरेर काँग्रेसलाई बहुमत ल्याउन सघाएका थिए । २०३६ सालको जनमत संग्रह भारतको निर्देशनमा बहिष्कार गरेर पञ्चायतलाई सहयोग गरेका सिंहले बहुदलको प्रचारमा गोर्खामा जाँदा केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीमाथि उनको विद्यार्थी संगठनका नेता बाबुराम भट्टराई र बाचास्पती देवकोटाको नेतृत्वमा हत्या गर्ने गरी आक्रमण गर्न लगाएका थिए । जुन कुरा रेकर्डमा छ । तर हत्या योजना असफल भएको थियो । विद्या ढकाल ९जलजला० को रहस्यमय हत्या या मृत्युपछि उनको पोष्टमार्टम गरियो । पोष्टमार्टम गर्दा जलजलाको पेटमा बच्चा देखियो । पार्टी बैठकमा तत्कालिन चौमका महामन्त्री मोहनविक्रम सिंहको अवैध सम्बन्धबाट बच्चा रहेको भन्दै ऋषि देवकोटा ९आजाद० ले पार्टी बैठकमा मोहन विक्रमलाई कारबाही गर्नुपर्ने र फाँसी दिनुपर्ने आवाज उठाएपछि ऋषि देवकोटाको षड्यन्त्रपूर्वक हत्या गरियो ।

उपेन्द्र यादव
मधेशी जनअधिकार फोरम नामक पश्चिमी एनजीओ चलाएका उपेन्द्र यादव कुनै समय मोहनविक्रमलाई जस्तै भारत र रअले संरक्षण दिएका पुष्पलालका चेला हुन् । तक्षशिला, नालन्दा, बनारस वैदिक दर्शनका शैक्षिक केन्द्र हुन् । बेलायतबाट एमबीबीएस गरेका डा। शिवनाथ डोग्रा ९खप्तडस्वामी०ले आफ्नो सम्पूर्ण पेशा त्यागेर बनारसको क्विन्स कलेजमा आएर १२ वर्ष संस्कृत अध्ययन गरी साधनामा लाग्नुभएको थियो । तर त्यही बनारसमा बसेर पुष्पलालले हामी बाँदरका सन्तान र पुर्खा हौं भन्न सिकाए । यो कुरा उनको पुस्तकमा छ । यही बाँदर स्कुलिङबाट आएका उपेन्द्र यादव केही समय माओवादीमा रहेर क्षेत्रीय र साम्प्रदायिक हिंसा भड्काउन मधेशी जनअधिकार फोरम एनजीओलाई पार्टी दर्ता गरेर मैदानमा उत्रिए । लहानमा ४ वर्षीया निर्दोष बालकको हत्या गर्नेदेखि रौतहटमा सयौं मओवादीहरुको नरसंहारको जिम्मा लिने रक्त पिपासु अपराधी हुन् ।

मावधकुमार नेपाल
वर्तमान भारतको बिहारस्थित सितामढीमा जन्मिएका माधवकुमार नेपाल रअका भित्रिया पात्र हुन् । उनले २०४५ सालमै तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ, राजा फाल्न लागौं भन्ने प्रस्ताव ल्याएका थिए । मदन भण्डारी र सीपी मैनालीले त्यो एजेन्डालाई प्रवेशै गर्न दिएनन् । मदन हत्यापछि रअकै डिजाइनमा उनलाई एमालेको महासचिव बनाइयो । राष्ट्रघाती महाकाली सन्धिदेखि बदनाम इसाइ मण्डलीको होली वाइन कार्यक्रममार्फत् बदनाम नेपाल पश्चिमाका पनि कारिन्दा हुन् भन्ने कुरा आफंैले पुष्टि गरेका छन् । कुनै समय आमाको क्रिया नगरी दरबारमा प्रधानमन्त्रीको निवेदन हाल्न पुगेका नेपाल केपी ओली र मोहनचन्द्र अधिकारीलाई सुराकी गरेर पञ्चायतमा जेल हालेको आरोप पनि छ । माधव नेपालको सल्लाहअनुसार भारतबाट केपी ओलीले मोहनचन्द्र अधिकारीलाई फिर्ता ल्याई रौतहटमा पार्टी कामको सम्पर्कमा जाँदा मोहनचन्द्र अधिकारी र केपी ओली दुवै जना २०३० साल असोज २२ गते गौरबाट पक्राउ परेका थिए । माधव नेपाललाई भेट्नासाथ पक्राउ पर्नुलाई रहस्यमय रुपमा हेरिएको छ । उनका बुबा मंगलप्रसाद नेपाल राणाहरुका कारिन्दा थिए । यहाँसम्मकी नेपालका कम्युनिष्टहरुलाई दामोदर समशेरले पालेका हुन् भन्ने गर्दछन् । दामोदर समशेरको मृत्यु भएपछि उनको क्रिया नेपालका बाबु मंगलप्रसाद नेपालले गरेका थिए ।

पुष्पकमल दाहाल
अमेरिकनहरुले लगानी लगाएको राप्ति प्रोजेक्टमा कुनै समय जागिर खाएका प्रचण्ड मोहन वैद्यको क्रिश्चियन पार्टी मटो मशालबाट एकताकेन्द्र हँुदै माओवादी हिंसाको नेतृत्व गरे । पछिल्लो चरणमा उनले आफूलाई सच्याउँदै चीनसँग समदुरी सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका निभाएपछि उनलाई पुष्पकमल दाहालबाट प्रचण्ड बनाउने शक्ति केन्द्रले घेराबन्दीमा पार्दै लगे । आफ्नो वरिपरिको घेराबन्दी चिर्न र चिन्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी थियो । चीनसँग सम्झौता गर्न थालेपछि प्रायोजित रुपमा कटवाल प्रकरण खडा गरियो । जसमा उनलाई बाबुराम र बादलले फसाए । अहिले बाबुराम उपेन्द्र यादवसँग छन् भने बादल केपी ओलीसँग । एमालेसँग पार्टी एकीकरण गरेपछि कुनै समय रअका विश्वासपात्र माधव नेपाल र क्रिश्चियन र होली वाइनबाट बदनाम माधव नेपाल बोकेर नेकपामा गणितका खेल खेल्न खोज्नु उनको आत्मघाती कदम थियो । जसको परिणाम नै बर्तमान अवस्था हो । उनी कहिले दरबार, कहिले भारत, कहिले चीन, कहिले पश्चिमा सबैले प्रयोग गरेका र कसैले पनि भरपर्दो रुपमा विश्वास गर्न नसक्ने अस्थिर पात्र हुन् ।

कथित नागरिक अभियन्ताहरु
सबैभन्दा धेरै एनजीओ र आइएनजीओ नेकपा एमालेमा छन् । तिनै पश्चिमी एनजीओसँग जोडिएका कथित नागरिक अभियन्ता र पत्रकारहरुको ओली विरुद्धको अभियान जनताले पत्याउन छाड्नुको कारण यी सबैको केन्द्र एउटै हो र उस्तै हुन् । यसकारण विपक्षी गठबन्धनले सबै उस्तै होइनन् हामी फरक हौं भनेर देखाउने कुनै पनि एजेन्डा छैन । हामी ओलीभन्दा फरक हौं, प्रगतिशिल हौं, इसाइका मतियार हौं, अझै पनि बन्न तयार छौं, धर्म निरपेक्षता संकटमा प¥यो, देश चिरा पारिएको संघीयता संकटमा प¥यो, लौन हामी ओलीजस्ता होइनौं भनेर गुहार मागिररहेका छन् । हो, ओलीसँगको संघर्ष पेचिलो बनेको छ । तर, ओलीसँगको संघर्ष एजेन्डाबिना हुँदैन र हुन सक्दैन । ओलीको विकल्प खोज्नेहरुसँग एजेन्डा खै रु यसकारण यिनीहरुको नसा बुझेका ओलीले बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेका मात्र छैनन् दिर्घकालीन योजनाका साथ विपक्षी गठबन्धनको राजनीति नै मटियामेट बनादिने रणनीतिका साथ पाइला चालेका छन् । सबैलाई चेतना भया । साभार : ताजा खबर साप्ताहिक)