जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १६:३२

नेपालमा आज २९३६ मा कोरोना संक्रमण, ४३ जनाको मृत्यु


काठमाडौं, साउन १

नेपालमा आज २ हजार ९३६ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ।

गत २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । आज कोरोना संक्रमणबाट ४३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।