जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १५:४१

माधवले नै आजै बिश्वासको मत लिन लगाएको प्रधानमन्त्रीको खुलासा


काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बरिष्ठ नेता माधवकुमार नेपालले नै आजै बिश्वासको मत लिन भनेपछि सोहीअनुसार अघि बढेको खुलासा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफ्ना सांसदहरुसँग यस्तो खुलासा गर्नुभएको हो ।

समय पर सरे एमालेबाट आफ्नो समुहको भोट नआउने तथ्यसहित माधवले आज नै बिश्वासको मत दिन भनेको खुलासा पनि प्रधानमन्त्रीले गर्नुभएको छ । नेपालको माग अनुसार नै आज विश्वासको मत मागेको बताउनुभएको छ । ‘मैले पछि लिउँ भनेको, माधव र प्रचण्डजीले अहिले नै लिउँ भन्नुभयो,’ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तामाझ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँका अनुसार माधवले विश्वासको मत लिने काम जति ढिला हुन्छ, आफ्नो पक्षका सांसद् घट्दै जाने खतरा रहेको भन्दै आज नै लिन सुझाउनु भएको थियो । प्रधानमन्त्रीसँग गोप्य साँठगाँठ गरी आफ्नो समुहका सांसदलाई खसी बोका सरह बिक्रि गर्नुभएको नेपालले आफ्नै समुहको बैठकमा भने केही थाह नभएको भन्दै सफेद झुटो बोल्नुभएको छ । माधवले आज आफ्नो निवासमा एमालेको विघठित कार्यदलका सदस्य तथा गुटका सांसद्हरुबीच देउवाले आफूसँग सल्लाह नै नगरी विश्वासको मत लिने प्रस्ताव अगाडि बढाएको बताउनुभयो ।

माधव गुटका कतिपय सांसद्हरु पार्टी एकताको पक्षमा छन् । उनीहरु देउवा सरकारलाई विश्वासको मत दिन चाहँदैनन् । यो कुरा बुझेरै माधवले हतार हतार विश्वासको मत लिन लगाएर आफ्नो पक्षका सांसद्लाई नै नैतिक संकटमा पार्नुभएको छ ।

यी हुन देउवासँग बिक्न तयार एमाले सांसद

रामकुमारी झाँक्री
मेटमणी चौधरी
झपट रावल
कृष्णलाल महर्जन
जीवनराम श्रेष्ठ
विरोध खतिवडा
यज्ञराज सुनुवार
निरा जैरु
सरला यादव
पुष्पा कर्ण कायस्थ
दीपकप्रकाश भट्ट
मुकुन्द न्यौपाने
कलिला खान
कल्याणी खड्का