जनता टाइम्स

४ श्रावण २०७८, सोमबार ०७:१४

सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक पानी पर्ने संभावना, यस्तो छ आगामी २४ घण्टाको मौसम?


काठमाडौं, साउन ४ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रही रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाले आगामी २४ घण्टाभित्र सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सो क्षेत्रका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । महाशाखाले बर्षाका कारण नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि सुझाएको छ ।

यस्तो छ २४ घण्टाको मौसम

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश१, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।