जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १९:१२

होण्डा ग्राजियाका नयाँ मोडल नेपाली बजारमा सार्वजनिक


काठमाडौं, साउन ४

नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार एक कार्यक्रमका बीच ग्राजिया बिएसभिआईको सार्वजनिक गरेको हो ।

१२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएसभिआईनिकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत उपलब्ध रहेको छ । यस फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न समेत राइडरलाई थप सहज हुने कम्पनीले जनाएको छ ।