जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार २१:३८

संविधान संशोधन, रेशम लगायत बन्दीहरूको रिहाई गर्न प्रधानमन्त्री देउवालाई महन्थ ठाकुर पक्षको माग (पत्रसहित)


काठमाडौ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। बबरमहलस्थि पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।