काठमाडौं, साउन ६ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले औपचारिक रुपमा माधव नेपाल समुह छाडनुभएको छ । पार्टी विभाजनको अन्तिम तयारीमा माधव लागेपछि असन्तुष्ट बन्नुभएका उपाध्यक्ष रावल आज नेपालले बोलाउनु भएको स्थायी कमिटीको बैठकमा सहभागी नभई औपचारिक रुपमा नेपाल समुहमा नरहेको जनाउ दिनुभएको हो ।
नेपालले आज दिउसो बानेश्वरमा आफू निकट स्थायी कमिटीका सदस्यहरुको बैठक बोलाउनु भएको थियो । एमाले बिवाद मिलाउन गठित कार्यदलमा नेपालको तर्फबाट नेतृत्व गर्नुभएका उपाध्यक्ष रावल नेपालले बोलाउनु भएको सो बैठकमा अनुपस्थित हुनुभएको छ ।
सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राख्नुभएका रावल माधव नेपालका मुख्य हर्ताकर्ता हुनुहुन्थ्यो । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावलले गम्भीर अनैतिक काममा नलाग्ने भन्दै सांस्दबाटै राजीनामा दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्