जनता टाइम्स

९ श्रावण २०७८, शनिबार १६:३२

महेश बस्नेतको गर्जन : सत्ताको स्वादमा मात्तिएकाहरुलाई युथफोर्सले तह लगाउने छ


काठमाडौं, साउन ९ । एमाले नेता महेश बस्नेतले सत्ताको स्वादमा मात्तिएकाहरुलाई युथफोर्सले ठेगान लगाउने घोषणा गर्नुभएको छ । बिपतमा परेका जनताको साथमा उभिएर युथफोर्सले सत्ताको स्वादमा मात्तिनेहरुलाई तह लगाउने घोषणा उहाँले गर्नुभएको हो । युथफोर्स भ्याली कमाण्डको घोषणा सभामा बोल्दै बस्नेतले युथफोर्सले मुलुकको सार्वभौमसत्ताको रक्षार्थ दृढतापुर्वक उभिने बताउनु भयो ।

‘युथफोर्सले कानुनले नगर भनेको काम गर्दैन, खान नहुने कुरा खाँदैन, जान नहुने ठाउँमा जाँदैन, कोरोना खोपका लागि स्वयंसेवक बनेर उभिन्छ, सत्ताको स्वादमा मात्तिएकाहरु कानून भन्दा माथि छौं भन्दै जान्छन भने युथफोर्सले ठेगान लगाउँछ,’ बस्नेतले भन्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले युथफोर्सले बेरोजगार बन्नुभएका बाबुराम भट्टराईलाई युथफोर्सले रोजगारी दिने घोषणा पनि गर्नुभयो । बेरोजगार बाबुराम भट्टराईलाई युथफोर्सले रोजगारी दिनेछ, बस्नेतले भन्नुभयो, ‘अघि बढन केपी बा, ज्यान दिन तयार छौं, आजलाई होइन भोलिलाई, अवको १० बर्ष केपी ओलीलाई भन्ने नाराका साथ युथफोर्स अघि बढने छ ।’