काठमाडौं, ९ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार अन्तत पुन: पाँच दलिय अपवित्र गठवन्धनमा फर्किनु भएको छ । सर्वोच्चको फैसला पछि अव गठबन्धनमा रहने भनि घोषणा गर्नुभएका नेपाल पुन आज गठनबन्धको बैठकमा सहभागि हुनुभएको हो । यस अघि उहाँले गठवन्धनको बैठकमा प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाउने गर्नुभएको थियो ।
नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सहभागि हुनुभएको थियो ।बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, र नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्नुभएको थियो ।
बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटार स्रोतका माओवादीका अध्यक्ष दाहालले विहान नेपाल संग कोटेश्वरमा भेटेर देउवाले वास्ता गर्न छाडेको जस्तो भएको र आफुले भनेको सत्तारुढ गठबन्धनमा उच्चस्तरीय राजनीतिक संयन्त्रण निर्माणको विषयलले बालुवाटारमा प्रवेश नपाएपछि दवान दिन गठबन्धनको बैठक बसेको हो ।
सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रधानमन्त्री देउवामाथि दबाब सृजना गरिरहेका छन् । देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्