काठमाडौं, साउन १३ । एमाले उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको अडान पुनः दोहोर्याउँदै सरकारलाई सचेत गराउनु भएको छ । एमसिसी नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने अडान उपाध्यक्ष रावलले राख्नुभएको हो ।
एमसीसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि सो बिषयमा हेक्का राख्नुपर्ने रावलको भनाई छ ।
‘नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीहरुले नगरून । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस,’ उपाध्यक्ष रावलले भन्नुभएको छ ।
एमसिसीको बिषयमा रावल सुरुदेखि नै स्पष्ट रुपमा बिपक्षमा उभिनुभएको छ । यद्यपी रावलले अमेरिकी सहयोग संसदबाट पारित गराउँदा भविश्यमा नेपालले लिने ऋण र अनुदान सवै संसदबाटै पारित गर्नुपर्ने अवस्था आउनेतर्फ भने अहिलेसम्म केही बताउनु भएको छैन ।













प्रतिक्रिया दिनुहोस्