काठमाडौं, साउन १४ । नवराज विकको हत्याका आरोपीलाई संरक्षण गरेको भन्दै जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्यले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ ।
हीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।
नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको अलायन्सको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाउनुभयो । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।
अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ,‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।
डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताउनुभयो । ,‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ उहाँले भन्नुभयो ।’ अन्तर्राष्ट्रिय नजरपनि यस घट्नामा परेको उहाँको भनाई थियो । परियारले भन्नुभयो ,‘बन्दुक बोक्न र बिद्रोह गर्न आफूहरुलाई बाध्य बनाउन लागिएको छ ।’ उहाँले हतियार बोक्ने दिन नआओस् भन्दै देउवाजस्तो प्रजातन्त्रको लागि लडेका नेताले दलितको कुरा सुन्ने विश्वास गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताउनुभयो ।
उहाँले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो , ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ । उहाँले शर्माले हत्याराको पक्षमा बोलेको भन्दै आपत्ति जनाउनुभयो । ‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उहाँले भन्नुभयो । विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताउनुभयो । उहाँले नवराज बिक लगायतको जातिय हिंसाले अन्तराष्ट्रिय बेइज्जती भएको बताउनुभयो।
पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गरे । उहाँले भन्नुभयो ,‘जे जति सामाजिक घट्ना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।’ उहाँले माओवादीले आफ्ना सरकार आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ,‘माओवादीले विभेद हटाउँछौ भनेर पछि आफैले दमन गर्दै आएको छ ।’देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउदै अहिले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो,‘अब अर्का संरक्षक मातृका यादवपनि मन्त्री बन्दैछन् रे ।’
अब दलित र उत्पीडन वर्गले खुकुरी र बन्दुक पड्काउने साहस गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताउनुभाये। माओवादीका नेताले गरेको हर्कतले आज सत्तामोह वा जनताको मुक्तिको लागि लडेको हो भन्ने अन्यौल सिर्जना गरेको बताउनुभयो । उहाँले सामाजिक विभेद समाजको उन्नती र समृद्धिको बाधक भएको जिकिर गर्नुभयो। जनार्दन शर्मालाई अर्थमन्त्री बनाईएकोमा उहाँले आक्रोश ब्यक्त गर्नुभयो हत्या आरोपीहरुलाई राजनीतिक संरक्षण गरेको भन्दै उहाँले शर्मा अर्थमन्त्री बन्नु दुःखद् भएको बताउनुभयो । शर्मा पटक–पटक मन्त्री भैसकेको, १० वर्ष जनयुद्ध गरेको व्यक्तिले पनि रुकुम–पश्चिममा भएको नवराज विकलगायत ६ जना युवाहरुको निर्मम हत्या भएको जस्तो जघन्य अपराधका दोषीहरुलाई उल्टै संरक्षण गरेको समेत आरोप लगाउनुभयो । उहाँले वर्तमान अर्थमन्त्री शर्माले रुकुम नरसंहारको हत्याराहरुलाई कारवाही नगरेर संरक्षण गरेकोमा आपत्ति जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्