जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १३:०८

तीन सचिवको सरुवा, अर्थ र स्वास्थ्य मन्त्रालयका सचिव फेरिए


काठमाडौं, साउन १७ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई हटाई मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।

सरकारले अर्थसचिव ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । अर्थमा सरुवा हुनुभएका मरासिनी एक वर्षअघि सचिव बढुवा हुनुभएको थियो । उहाँ महालेखा नियन्त्रकका कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी सरकारले स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सरुवा गरेको छ । अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो ।