जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १६:१३

कांग्रेस-माओवादी र जसपा त्यागेर एमाले प्रवेश गरे कपिलबस्तुका ३ सय नेता–कार्यकर्ता


काठमाडौं, साउन १७ । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी सयौं बढी नेता तथा कार्यकर्ता एमालेको प्रवेश गरेका छन् । जिल्लाको मायादेवी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता तथा कार्यकर्ता एमालेका प्रवेश गरेको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य लिला गिरीले शनिबार एक कार्यक्रममा बीच टिका तथा अविरले एमालेमा स्वागत गर्नुभएको छ ।पार्टी प्रवेश गर्नेमा तत्कालिन लोकतन्त्रिक फोरमवाट गाउँपालिका अध्यक्षमा चुनाव लड्नुभएका हलिम मुसलमान, जमिल मुसलमान, करिम मुसलमान, अख्तर मुसलमान रहेका छन् ।

नवप्रबेशीलाई स्वागत गर्दै पूर्वमन्त्री गिरीले एमालेलाई अदालतले सत्तावाट वाहिर ल्याएकाले अवको चुनावमा फेरी जनमतबाटै सत्तामा पुग्ने दावी गर्नु भयो । एमालेका लागि आगामी चुनाव सत्तामा पुर्नवहाली हुने माध्यमसंगै पार्टीका लागि ठूलो प्राण समेत बनेको बताउनु भयो ।एमालेका केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अवको स्थानीय चुनावमा एमालेले मायादेवि गाउपालिका जित्ने आधार बनेको भन्दै थप प्रगतीका लागि अहोरात्र खट्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।

एमालेका प्रदेश नेता एवम संविधान सभा सदस्य बलराम अधिकारीले वर्षौदेखि नागरिकता नपाएका मधेसीहरुलाई नागरिकता र भूमिहिनलाई भूमि दिलाउन एमालेले जुनसुकै अवस्थामा पनि डटेर लाग्ने वताउनु भयो । प्रदेश सांसद एवं एमालको यूवा नेता विष्णु पन्थीले अव मधेसको कायापलट एमालेले मात्र गर्न सक्ने बताउनुभयो । पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको कामवाट अत्तालिएर देशी विदेशी शक्ति र अदालतको सेटिङमा एमालेलाई सत्तावाट हटाएपछि जनताका बीचमा आएको दावी गर्नु भयो ।