काठमाडौं, साउन १९ । नेपालमा आज ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४४८ जना र एन्टिजेन परीक्षणबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ७१८ नमुना परीक्षण भएको थियो । जसमा पीसीआर परीक्षण १० हजार ६३८ र एन्टिजेन परीक्षण ६ हजार ८० भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९९४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जना र एन्टिजेन ६३ हजार ७१८ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । नेपालमा अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९२२ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ । तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र ३ हजार ३७ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ६८६ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३७१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्