काठमाडौं, साउन २१ । प्रेस स्वतन्त्रताको दुहाइ दिएर नथाक्ने नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएपछि सरकारी सञ्चार माध्यममा आतंक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हवाला दिँदै सरकारी सञ्चार माध्यममा कांग्रेस कार्यकर्ताहरुले आतंक सिर्जना गरेका हुन ।
सरकारले पूर्णता नपाउँदै र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेको अवस्थामा दुई दिनपछि अनिवार्य अवकाश पाउन लागेका गोरखापत्रका सम्पादक श्रीधर आचार्यलाई अपमानपुर्वक हटाइएको छ । आचार्यलाई आज निमित्त महाप्रबन्धक शिवहरी भट्टराईले हटाउनु भएको हो । सम्पादक आचार्य गोरखापत्रमा आफ्नो सेवाअवधीका कारण यही साउन २४ गतेबाट अनिवार्य अवकाश पाउन लाग्नुभएको थियो । गोरखापत्रले यसअघि नै प्रदेश १ का ब्यूरो प्रमुख महेन्द्र बिष्टलाई पनि हटाइसकेको छ ।
कांग्रेसले सरकारी सञ्चार माध्यममा आतंक नै सिर्जना गरी श्रमजिवी पत्रकारमाथि लात हान्न थालेको छ । पत्रकार निकाल्दा नेपाल पत्रकार महासंघसमेत चुप लागेर प्रेस स्वतन्त्रताको पक्षमा उभिन थालेपछि सरकारी सञ्चार माध्यममा आतंक बढेको हो । प्रधानमन्त्रीकै दवावमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले पनि आज राजीनामा दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्