जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार ०७:३३

आज वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने



काठमाडौं, २४ साउन । काठमाडौं, उपत्यकामा बिहान हल्का पानी परे पनि अहिले रोकिएको छ ।प्रदेश–१, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार राति प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, आउँदो मङ्गलवारदेखि भने मनसुन थप सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा नै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।