जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार १६:४६

भूमि आयोग खारेजको विरोधमा कोटेश्‍वरमा प्रदर्शन


काठमाडौँ, साउन २४ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौँको कोटेश्‍वरमा प्रदर्शन गरिएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमाआयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्‍यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन स्स्थापना गर’ भन्दै नाराबाजी गरेका छन् ।नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुन: स्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी समेत दिनुभएको छ । उहाँले भन्नुभयो , ‘ सरकारले भूमि आयोग खारेज गरेर सुकुम्बासीमाथि कुठाराघात गरेको छ। सोहीविरुद्ध हाम्रो आन्दोलन हो। यो अभियानलाई हामीले सशक्त रुपमा अगाडि बढाउँछौँ।’ निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा दिने भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।