जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १४:३९

एमाले स्थायी कमिटी बैठक सम्पन्न : विधान संशोधन प्रस्ताव पारित


काठमाडौं, साउन २५ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी दिनुभयो ।

एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ । एमालेले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरिसकेको छ ।