काठमाडौं, साउन २६ । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज नेपालमा ५ हजारको हाराहारी संख्यामा संक्रमण भएको छ । गत २४ घण्टामा ४९०४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा २११५ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार एक हजार ५१० जना संक्रमित व्यक्ति २१ देखि ४० वर्ष उमेर समुहका छन्। मन्त्रालयको तथ्यांकअनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेसँगै २१ देखि ३० वर्ष उमेर समुहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ७२८ जना संक्रमित भएका छन्।
त्यसैगरी, १० वर्षमुनिका १०३ जना, ११ देखि २० वर्षसम्मका २४१, ४१ देखि ५० वर्षसम्मका ५१७, ५१ देखि ६० वर्ष उमेरका ४१०, ६१ देखि ७० वर्षसम्मका २२८, ७० देखि ८० वर्षसम्मका ५० र उमेर नखुलेका २० जना व्यक्तिहरु संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार २१७ पीसीआर र ५९०६ एन्टीजेन गरि १९ हजार १२३ जनाको स्वाव परीक्षण भएको थियो । त्यस्तै काठमाडौं उपत्यकामा आज ११ सय ८६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनालाई पोजेटिभ देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्