जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार २०:१५

अस्थायी र ज्यालादारी गर्ने खेलकर्मीको अधिकार सुनिश्चति गर्न खेलकुद महासंघको माग (विज्ञप्तिसहित)


काठमाडौं, साउन २६ । नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग गरेको छ । महासंघद्धारा आजको पत्रकार सम्मेलनमा उक्त माग गर्दै कोरोना महामारीमा महासंघले बैशाख २४ गतेदेखि कोभिड– नो भिड कार्यक्रम अन्र्तगत अहिलेसम्म गरिएको कामको जानकारी दिइएको हो ।

अध्यक्ष रमेश पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषद्‍मा हाल करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न निजहरूलाई स्वतः स्थायी गरी निवृतिभरणकोसमेत व्यवस्था गर्न र मुलुकभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षकहरू नियुक्ति गर्न दबाब दिनका लागि नेपाल सरकार तथा सम्वद्ध निकायहरूमा ज्ञापन पत्र बुझाउनेछ ।’

महासंघले आगामी कार्ययोजना समेत प्रस्तुत गरेको छ भने समसामयिक राजनीतिक तथा अन्य विविध निर्णय गरेको छ । नेकपा एमाले निकट महासंघको २३ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले असोज पहिलो साता केन्द्रीय कमिटिको विस्तारित बैठक गर्ने निर्णयसमेत गरेको छ ।