काठमाडौं, साउन २७ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भगवानको संज्ञा दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै कानून ब्यवसायीसमेत रहनुभएका बिडारीले प्रचण्डलाई देवताको संज्ञा दिनुभएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड आगो अर्थात भगवानको प्रतिक भएको तर केपी शर्मा ओलीले उहाँलाई नचिनेर डँढेलोको आरोप लगाएको विडारीको भनाइ छ । ‘आगो अर्थात अग्नि देवता, आगो र डढेलोसम्मको अर्थ नबुझ्ने मान्छेहरु प्रधानमन्त्री भए, आगो गजबको चिज, अग्नि देवता, शक्ति, आगोलाई नजिस्क्याउ भन्ने चिज, डढेलो भनेको विध्वंश’, बिडारीले भन्नुभयो ।
सांसद बिडारीले सुकुम्बासीको निवेदन हाल्ने ९० प्रतिशत मानिस फर्जी भएको दावी पनि गर्नुभयो । ‘अहिले ९० प्रतिसत उजुरी वेसुकुम्बासीको परेको छ, यो उजुरी प्राय जग्गा जमिन अन्त भएकाको परेको छ’, उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्